धनगढीको विकासका लागि फेरि मेयरमा जिताउन वडको आग्रह
2022/04/29, 7:30
 
ss

धनगढी उपमहानगरपालिकाको समस्या समाधान र विकास गर्नका लागि पुनः नगर प्रमुखमा दोहोर्याउन नेपाली का“ग्रेसका केन्द्रीय सदस्य तथा नगर प्रमुखका उम्मेदवार नृपबहादुर वडले नगरबासीसंग आग्रह गरेका छन । पा“च वर्ष नगर प्रमुखका जिम्मेवारी सम्हाल्दा आफुले नगरका हरेक टोल, वस्तीका समस्या राम्रोसंग बुझेकाले अधुरा रहेका काम पुरा गर्न पुनः नगर प्रमुखमा दोहोर्याउन उनले आग्रह गरेका हुन ।

‘म नगर प्रमुख भएर आउ“दा शुरुका वर्ष कर्मचारी र कानुन अभावले काम गर्न समस्या भयो । हावाहुरीका छ हजार बस्तीको व्यवस्थापन गर्न, जनतालाई कोभिड संक्रमण तथा जोखिमबाट सुरक्षित राख्न लगायतका कारण नगरका केही योजना पुरा हुन सकेका छैनन’ शुक्रबार धनगढी वडा नम्बर ८ स्थित आयोजित सयूक्त गठबन्धनको वडा स्तरिय चुनावी भेलालाई सम्बोधन गर्दै उनले भने –‘म हरेक टोल, वस्ती र नगरबासीसंग घुलमिल छु । सबैका समस्या मैले राम्रोसंग बुझेको छु । केही अधुरा योजना पुरा गर्न र नया कार्यक्रम ल्याएर धनगढीको मुहार फेर्न मलाई पुनः नगर प्रमुखमा विजयी गराउनुहोस ।’ उनले नया व्यक्ति निर्वाचित भए नगरका समस्याबारे बुझ्ननै तीन वर्ष लाग्ने बताउ“दै –‘नया“ कार्यक्रमहरुले पनि पुर्णता पाउदैन । पुराना योजना पनि अधुरै रहनेछन ।’ उनले नगरको डुवान समस्या, पर्यापर्यटनको विकास, मुख्य सडक कालोपत्रे लगायतका अधुरा कामलाई अबको कार्यकालमा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडले पाच वर्षमा नगरलाई उत्कृष्ट बनाउनुनै आफनो सबैभन्दा ठुलो उपलब्धी रहेको बताए । उनले नगरमा विकासका थुप्रै काम भएको बताउदै ‘अहिले उपमहानगरपालिकाका हरेक वडामा सडक कालोपत्रे, स्वास्थ्य संस्था रहेका छन । १६ वटा वडामा खानेपानीका आयोजना बनेका छन । तर, जनतामा केही व्यक्तिहरु भ्रम फैलाइरहेका छन ।’ उनले बाध्यात्मक अवस्थामा चुनावी गठबन्धन गरिएको बताए । उनले गठबन्धनलाईनै साथमा लगेर निर्वाचनमा विजयी गराउनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रकी उपप्रमुखकी उम्मेदवार शान्ती अधिकारीले गठबन्धनलाइ मतदान नगरी भोली आफै पश्चताप पर्नुपर्ने गतिविधी नगर्न आग्रह गरिन । नगरका वडाहरुमा के कस्ता काम गर्नुपर्छ भन्ने बुझेकी भएकोले उपप्रमुख पदका लागि उपयूक्त रहेको उनले बताईन । नेपाली काग्रेसका जिल्ला सभापति भट्टले गठबन्धनमा कसैलाई धोका नहुने बताए । उनले गठबन्धनका विरुद्ध कसैलाइ नबोल्न पनि बताए । नेकपा माओवादी केन्द्रका नेता निर्मल शाहले धनगढीमा पाच वर्षमा हरेक वडामा सडक कालोपत्रे, १६ वटा वडामा खानेपानी, हरेक वडामा स्वास्थ्य  संस्थाको स्थापना लगायतका विकासमा थुप्रै काम भएको बताए ।

सात वडामा वडास्तरिय चुनावी भेला सम्पन्न
सत्ता गठबन्धनका उम्मेदवारहरुले धनगढीका सात वडामा वडास्तरिय चुनावी सभा गरेका छन । बिहिबारदेखि शुरु भएको वडा स्तरिय भेला सत्तागठबन्धनले धनगढीका १९ वटै वडामा गर्ने जनाइएको छ । बिहिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १४, १८ र १९ मा वडास्तरिय चुनावी भेला गरेको थियो भने शुक्रबार वडा नम्बर ८, ९, १० र १२ नम्बर वडामा चुनावी भेला गरेको छ ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गठबन्धनका पक्षमा मतदान माग्दै बिहिबारदेखि शुरु भएको चुनावी सभा जारी राखेको हो । धनगढी उपमहानगरपालिका नेपाली का“ग्रेसबाट नगर प्रमुखका उम्मेदवार नृपबहादुर वड र नेकपा माओवादी केन्द्रकी उपप्रमुख शान्ती अधिकारीसहित संगै वडामा चुनावी भेला गरिरहेका हुन ।

भेलामा नेपाली का“ग्रेसका सभापति नारायणदत्त भट्ट, नेकपा माओवादी केन्द्रका नेता निर्मल शाह, नेपाली का“ग्रेस केन्द्रीय सदस्य जिवन राना, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख एवं नेपाली का“ग्रेस केन्द्रीय सदस्य शुशिला मिश्र भट्ट सहभागिता रहेको छ ।

वडा नम्बर ८ मा युवा परिचालन समिति
नेपाली का“ग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर ८ ले युवा परिचालन समिति गठन गरेको छ । विद्यार्थी नेता रोशन जोशीको संयोजकत्वमा युवा परिचालन समिति गठन गरेको हो ।  वडा भित्र रहेका युवाहरुलाई का“ग्रेसमा मतदान गराउन, वडामा हुने भेला तथा कार्यक्रमको व्यवस्थापन गर्न जोशीको संयोजकत्वमा सो समिति गठन गरेको हो । यस्तै सह–संयोजकमा रोशन रावल रहेका छन भने अन्य युवाहरुलाई सदस्यमा राखिएको छ ।