भ्रष्टाचार नगर्ने प्रणसहित सत्ता गठबन्धनद्धारा धनगढी नगर प्रतिवद्धता सार्वजनिक (पुर्णपाठ सहित) 
2022/05/02, 7:10
 
ss

भ्रष्टाचार नगर्ने प्रणसहित सत्ता गठबन्धनले धनगढी नगर प्रतिवद्धता सार्वजनिक गरेको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रणसहित २२ बुँदे प्रतिवद्धता पत्र सोमबार सार्वजनिक गरेको हो । साथै नगरवासीको सेवा, सुविधा, विकास र समृद्धिका लागि अहोरात्र खटिने प्रण पनि सो प्रतिवद्धतापत्रमा उल्लेख छ ।

‘विगतका वर्षमा हाम्रो प्रयासमा भएका कार्यहरुको स्वामित्व लिँदै कोभिड महामारीको सकसका बीच, पटकपटक प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीको परिवर्तन हुने गरेको, कानुन तथा नीति निर्माणमा लामो समय अल्झिनु परेको सबैमा विदितै छ’ प्रतिवद्धता पत्रमा भनिएको छ –‘नयाँ परिवेशमास्थानीय सरकार संचालनको अभ्यासका व्रममा जानीनजानी भएका त्रुटि, कमजोरीहरूप्रति जनता समक्ष क्षमा माग्दै त्यसबाट शिक्षा लिएर तिनलाई फेरि दोहोरिन नदिने र राम्रा अनुभव र सिकाइलाई धनगढी उपमहानगरको विकास र समृद्धिका लागि प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछाँै ।’

सो प्रतिवद्धता पत्रमा धनगढी उपमहानगारपालिकालाई महानगरपालिका बनाउन र शिक्षा, स्वास्थ्य, भौतिक विकासका साथै मानव संसाधनको यथोचित विकास गरी नागरिकलाई गुणस्तरीय जीवनयापन गर्न योग्य तुल्याउने अठोट लिइने उल्लेख छ ।  सो प्रतिवद्धतापत्रमा सडक किनारामा वृक्षरोपण गरिने, ‘हाम्रो धनगढी हरित धनगढी’ बनाउने, हरेक घरधनीलाई नक्सा पासका क्रममा न्यूनतमा पाँचदेखि दश वटा विरुवा रोप्न आग्रह गरिने, धनगढी नगरभित्र रहेका सडक र खोलाहरूको दुबै किनारमा पैदल मार्ग निर्माण गरिने, पहिलो चरणमा शिवपुर धामदेखि कैलाली पुलसम्म पैदल मार्ग निर्माण गरिने,  उपमहानगरपालिकाको उर्मा गाउँलाई अत्याधुनिक शहरी सुविधा सम्पन्न र सबैले गौरव गर्न लायक “नमुना बस्ती”बनाइने प्रतिवद्धता जनाइएको छ । उपमहानगर पालिकाका वडा न १४, १८ र १९ मा टाउन प्लानिङ सुरु गरिने, धनगढीको मुख्य सडक क्याम्पस रोड, चौराहा र शहीद गेटमा आकाशे पुल निर्माण गरिने र एउटा वडा एउटा पार्क, एउटा पोखरी र एउटा पुस्तकालय निर्माण गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

उपमहानगरपालिकाका विभिन्न स्थानबाट बग्ने खुटिया, मोहना नदी, सुकुटी र कैलाली नाला लगायतका नदी तथा खोलानाला किनारामा खुला पार्क निर्माण तथा वातावरण मैत्री साईकल ट्रयाक निर्माण गरिने, एक गाउँ बहु उत्पादन नीति अनुसार कृषिमा विशेष अनुदान तथा सहयोगका कार्यक्रमहरु सञ्चालन गरिने, फुलवारीलाई पशुपालन, उर्मा, बेला, घुइयाँघाटलाई कृषि जोन बनाइने, अर्गानिक कृषि खेतीलाई प्रोत्सहान गरी त्यसको बजारीकरणमा सहयोग गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

यस्तै, विद्यालयमा बालबालिकाको शत प्रतिशत पहुँच पु¥याउन ‘हेप्पी स्कुल’को अवधारणाअन्र्तगत चार वर्षसम्मका बालबालिकालाई ‘अनिवार्य विद्यालय भर्ना’ कार्यक्रम संचालन गरी विद्यार्थी भर्ना दरमा बृद्धि गरिने र पाँच वर्षमा विद्यार्थीहरुको विद्यालय छोडर शून्यमा झारिने, धनगढी उपमहानगरपालिकालाई बालश्रम मुक्त उपमहानगर बनाइने, एक विद्यालय एक नर्सको व्यवस्था गरिने, हरेक विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी लागु गरिने र  निजि विद्यालयहरुको शुल्क अनुसार सेवा सुविधा भए नभएको अनुगमन गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

यस्तै, धनगढी उपमहानगरपालिकाका प्रत्येक वडामा स्थापना भएका नगर स्वास्थ्य केन्द्रमा एक जना विशेषज्ञ डाक्टर सेवा उपलब्ध गरिने, उपमहानगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिने, उर्मा र फूलबारी दुबैलाई पायक पर्ने गरी २५ सैयाको सुविधा सम्पन्न अस्पताल स्थापना गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ । ‘घरबाट निस्कने फोहरमैला संकलन गरी त्यसबाट मल तथा उर्जा उत्पादन गरिनेछ’ प्रतिवद्धतापत्रमा उल्लेख छ । ‘धनगढीमा वहुजातीय, बहुसाँस्किृतिक संग्रहालय निर्माण गरिनेछ । सबै धर्म सम्प्रदाय र ती सँग सम्वन्धित आस्थाका केन्द्रको विकास तथा प्रवद्र्धन गरिनेछ’ प्रतिवद्धतापत्रमा भनिएको छ –‘बेहडाबाबा,जाखौरताल, शिवपुरीधाम, नेतुवाताल कनरी पार्कलाई पर्यटकको आकर्षकको केन्द्र बनाई पूर्णरुपमा संचालन गरिनेछ ।’ 

‘उपमहानगरपालिकाका भित्रि सडकलाई रिङरोड, हुलाकी सडक र सहरी सघन सडकको संजालमा जोडिने छ । धनगढी उपमहानगरपालिकाभित्र अन्तर्राष्ट्रिय स्तरका अत्याधुनिक टर्मिनलसहितकोे बसपार्क निर्माण गरिनेछ’ प्रतिवद्धतापत्रमा भनिएको छ ‘ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने सडक ट्राफिकसंकेत निर्माण तथा सुरक्षाका लागि आवश्यक ठाउँमा सिसि टिभि क्यामेरा जडान र स्मार्टलाइट बत्ती जडान गरिनेछ । ई—रिक्सा र ट्याक्सी लगायतका सवारी साधनका लागि पार्किङको व्यवस्था गरिनेछ । पाँच वर्षभित्र माग र आवश्यकताका आधारमा नगरका सबै ठाउँ जोड्ने सडक कालोपत्रे गरिनेछन् ।’
यस्तै, पाँच वटा ईलेक्ट्रिक बस निजि, सहकारी र सामmेदारी (पिपिपि))मोडलमा सञ्चालनमा ल्याइने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

‘उपमहानगर पालिकाका वडा नं. १५ र १६ मा औद्योगिक क्षेत्र स्थापना गरिनेछ’ प्रतिवद्धतापत्रमा भनिएको छ –‘धनगढी उपमहानगरपालिका भित्र उद्योग तथा कलकारखानामा लगानी गर्न लगानी मैत्री नीति निर्माण गरिनेछ । रु.५० करोड रुपैया भन्दा बढि लगानीका होटल तथा उद्योग तथा कलकारखानाको नक्सा पासमा ५० प्रतिशत छुट गरिनेछ । साथै उद्योग, होटल तथा अन्य व्यवसायीक प्रतिष्ठान सञ्चालनका लागि आवश्यक पर्ने विद्युत, खानेपानी, सडक लगायत सेवाहरु उपलब्ध गराउन आवश्यक सहजीकरण र सहयोग गरिनेछ ।’ ‘करका दरलाई न्यून गर्दे करकोे दायरा फराकिलो पारिनेछ’ प्रतिवद्धतापत्रमा भनिएको छ ‘उपमहानगरपालिकाले संचालन गर्ने हरेक गतिविधि र त्यसको बजेट तथा कार्यान्वयन गर्ने विस्तृत योजना पालिकाको डिजिटल बोर्डमार्फत सार्वजनिक गरिने छ ।’

यस्तै वडा स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, हरेक वडामा खेलमैदान निर्माण गर्ने, युवा तथा वालबालिकाको उद्दार तथा पुनस्र्थापना केन्द्र स्थापनाका लागि प्रदेश सरकारसंग समन्वय गर्ने उल्लेख छ । धनगढी उपमहानगर पालिका भित्र निशुल्क शव बाहनसहित मलामी बाहन सञ्चालन गरिने, धनगढी उपमहानगर पालिकाको घुईयाघाटलाई नमूना राना गाउँ बनाईने, ज्येष्ठ नागरिककोे स्वास्थ्योपचार तथा निर्बाहका लागि सरकाले उपलव्ध गराउदै आएको सामाजिक सुरुक्षा भत्ता सहज उपलव्ध गराईनेछ । जेष्ठ नागरिकका लागि प्रत्येक वडामा जेष्ठ नागरिक केन्द्र (अध्ययन, लाईबेरी मनोरञ्जन, विश्राम) बनाईने उल्लेख छ । 

प्रतिवद्धताको पुर्णपाठ यस्तो छः

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,  हार्दिक जय नेपाल, अभिवादन तथा नमस्कार

नयाँ वर्ष २०७९ को आगमनसँगै बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनमा हामी गठबन्धन दलका सामm उम्मेदवारका रुपमा समुन्नत धनगढीको सपना योजना बोकेर यहाँहरूको स्नेह, आशीर्वाद अमूल्य मतको विनम्र अपेक्षा सहित यहाँंहरूकै घरदैलोमा उभिएका छौँ यो महत्वपूर्ण घडीमा नेपाली जनताको मुक्ति स्वतन्त्रता, न्याय लोकतन्त्रको रक्षा तथा जनताको उन्नति विकासका लागि भएका सबै आन्दोलन संघर्षहरूमा आफनो जीवनको उत्सर्ग गर्ने समस्त सहिदहरूलाई हृदयदेखि स्मरण गर्दै, स्थानीय तहको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मतदान गर्न धनगढी नगरबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपिल गर्दछौँ

 आभार, आत्मासात, प्रतिवद्धता, प्रण, अठोट आहवान

आभारः गत स्थानीय निर्वाचनामा हामीलाई आफ्नो अमूल्य मत दिई निर्बाचित गरी सेवा गर्ने अवसर प्रदान गर्नु भएकोमा धनगढी उपमहानगरका आदरणीय सम्पूर्ण मतदाताहरूमा हार्दिक आभार सहित विगतमmैँ यसपालिको स्थानीय निर्वाचनमा पनि यहाँहरूको अटुट विश्वास, स्नेह,साथ समर्थनका लागि आग्रह गर्दछौँ

आत्मसातः धनगढी उपमहानगर पालिकाका सम्पूर्ण जनताको विकासप्रतिको तिव्र भावना समृद्धि धनगढीको आधार जनताको गुणस्तरीय जीवनको परिकल्पनालाई आत्मसात गर्दछौँ

प्रतिवद्धताः विगतका वर्षमा हाम्रो प्रयासमा भएका कार्यहरुको स्वामित्व लिँदै कोभिड महामारीको सकसका बीच, पटकपटक प्रमुख प्रशासकीय अधिकृत कर्मचारीको परिवर्तन हुने गरेको, कानुन तथा नीति  निर्माणमा लामो समय अल्मिmनु परेको सबैमा विदितै   नयाँ परिवेशमा स्थानीय सरकार संचालनको अभ्यासका व्रmममा जानीनजानी भएका त्रुटि, कमजोरीहरूप्रति जनतासमक्ष क्षमा माग्दै त्यसबाट शिक्षा लिएर तिनलाई फेरि दोहोरिन नदिने राम्रा अनुभव सिकाइलाई धनगढी उपमहानगरको विकास समृद्धिका लागि प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछाँै

प्रणः हामी भ्रष्टाचार गर्ने छैनौँ गर्न पनि दिने छैनौँ नगरवासीको सेवा, सुविधा, विकास समृद्धिका लागि अहोरात्र खटिने प्रण पनि गर्दछौँ

अठोट समृद्ध धनगढीको आकांक्षालाई अनवरत रूपमा पूरा गर्न धनगढी नगरबासीको स्नेह समर्थनको अपेक्षाका साथ पुनः एकपटक धनगढी उपमहानगारपालिकालाई महानगरपालिका बनाउन शिक्षा, स्वास्थ्य, भौतिक विकासका साथै मानव संसाधनको यथोचित विकास गरी नागरिकलाई गुणस्तरीय जीवनयापन गर्न योग्य तुल्याउने अठोट गर्दछाँै

आह्वान संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पर्ने गरी विगतको संघीय सरकारले गतिविधि सञ्चालन गर्न थालेपछि संविधान लोकतन्त्रको रक्षाका लागि निर्माण भएको गठबन्धन दलका बीचमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी जाने निर्णय अनुसार यस धनगढी उपमहानगर पालिकामा पनि हामी प्रमुख उपप्रमुख पदमा गठबन्धन गरी अगाडि बढेका छाँै भने वडा तहमा मित्रवत प्रतिस्पर्धा गरिरहेका छौँ हामी सबैको संकल्प धनगढी उपमहानगरबासीको जीवनमा गुणात्मक परिवर्तन ल्याउने अठोट सहितको समुन्नत सम्बृद्ध धनगढीको आकांक्षा पूरा गर्न गठबन्धन दलका तर्फबाट सम्पूर्ण आमाबुवा, दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक आह्वान गर्दे हामी प्रतिवद्धता जाहेर गर्दछौँ

हाम्रा प्रतिवद्धता

. सहरीकरण

) धनगढी उपमहानगारपालिकालाई आवश्यक पूर्वाधार तयार गरी महानगरपालिका बनाइनेछ  

) धनगढी उपमहानगर पालिकाका हरेक सडक किनारमा बृक्षरोपण गरिनेछ, हाम्रो धनगढी, हरित धनगढी शहर बनाउन हरेक घरधनीलाई नक्सा पासका क्रममा न्यूनतम पाँचदेखि दश वटा बिरुवा रोप्न आग्रह गरिनेछ

) धनगढी नगरभित्र रहेका सडक खोलाहरूको दुबै किनारमा पैदल मार्ग निर्माण गरिनेछ पहिलो चरणमा शिवपुर धामदेखि कैलाली पुलसम्म पैदल मार्ग निर्माण गरिनेछ

) उपमहानगारपालिकाका १९ ओटै वडा कार्यालयलाई प्रविधि मैत्री बनाइनेछ वडा कार्यालयहरूमा अनलाईन सेवा सुरु गरिनेछ

) उपमहानगर पालिकाको उर्मा गाउँलाई अत्याधुनिक शहरी सुविधा सम्पन्न सबैले गौरव गर्न लायक नमुना बस्ती बनाइनेछ

) उपमहागर पालिकामा निर्माण हुने हरेक संरचना अन्तराष्ट्रियस्तरका तथा भुकम्प प्रतिरोधी बनाइनेछ

) धनगढी उपमहानगर पालिकालाई अन्य देशका नगारपालिकासँग भगिनी सम्बन्ध कायम गर्न पहल गरिनेछ

) धनगढी उपमहानगर पालिकाका वडा १४,१८ १९ मा टाउन पलानिङ(त्यधल एबिलष्लन) सुरु गरिनेछ

m) धनगढीको मुख्य सडक क्याम्पस रोड, चौराहा शहीदगेटमा आकाशेपुल निर्माण गरिनेछ

) एउटा वडा एउटा पार्क,एउटा पोखरी एउटा पुस्तकालय निर्माण गरिनेछ

भूमि सम्बन्धि

) धनगढी उपमहानगर पालिकाका केही वडामा लालपूर्जा वितरण सुरु गरिसकेको तथा यसै सन्दर्भमा  विभिन्न समयमा नापनक्सा भएका नाप नक्सा गर्ने क्रममा रहेका, जग्गाको स्वामित्व नपाएका तर पाउन योग्य पर्ती जमिनको लालपूर्जा यथाशीघ्र वितरण गरिनेछ

. नदी तथा खोलानाला व्यवस्थापन

) उपमहानगर पालिकाका विभिन्न स्थानबाट बग्ने खुटिया, मोहना नदी,सुकुटी कैलाली नाला लगायतका नदी तथा खोलानाला किनारामा खुलापार्क निर्माण तथा वातावरणमैत्री साईकल ट्रयाक निर्माण गरिनेछन्

) उपमहानगरपालिका भित्र रहेका नालाहरूको उचित व्यवस्थापन गरि वर्षायाममा हुने नदी कटान तथा मानवीय भौतिक क्षतिबाट रोक्न तटवन्ध गरिनेछ

) खोलानाला अतिव्रmमण हटाउन जन सहभागितामा आधारित कार्यक्रम संचालन गरिनेछ

.कृषि व्यवस्थापन

) धनगढी उपमहानगर पालिका सबै वडामा व्यवस्थित कृषि हाटबजारको व्यवस्थापन गरिनेछ

) स्थानीय वातावरण हेरेर कुखुरापालन, वंगुर पालन, डेरी उद्योग,पुष्प व्यवसाय, उन्नत जातका पशुपालन माछापालन जस्ता व्यवसायमा अनुदानको व्यवस्था गरिनेछ

) स्थानीय कृषि सहकारी संस्थाहरू मार्फत किसानलाई मलखाद,किटनाशक औषधी, कृषि औजार वीऊविजन सहुलियत दरमा उपलव्ध गराइनेछ

) फुलबारीमा निर्माण गरिएको शितगृह ९ऋयमि क्तयचभ०लाई संचालनमा ल्याईने

) एक गाउँ बहु उत्पादने नीति अनुसार कृषिमा विशेष अनुदान तथा सहयोगका कार्यक्रमहरु सञ्चालन गरिनेछ

) फुलवारीलाई पशुपालन, उर्मा, बेला, घुइयाँघाटलाई कृषि जोन बनाइनेछ

) अर्गानिक कृषि खेतीलाई प्रोत्सहान गरी त्यसको बजारीकरणमा सहयोग गरिनेछ

) कृषि बिमा कार्यक्रम संचालन गरिनेछ

. शिक्षातर्फ

) शैक्षिक गुणस्तर बृद्धिका लागि सामुदायिक विद्यालयका शिक्षकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थानमा तालिमको लागि पठाइनेछ भने उपमहानगर पालिकामा रहेका सरकारी, सामुदायिक, गुठी निजिस्तरबाट संचालित विद्यालयका बिचमा शैक्षिक गुणस्तर बृद्धिका लागि अनुभव आदानप्रदान कार्यक्रम संचालन गरी  धनगढीलाई शैक्षिक हबका रुपमा बिकास गरिनेछ  

) विद्यालयलमा (लाइब्ररी, आधुनिक विद्यालय भवन, वाचनालय विज्ञान प्रयोगशाला निर्माण गरिनेछन्

) निजी स्रोतका शिक्षकहरूलाई नगर शिक्षकमा परिणत गरिएकाले तलव भत्ता सुविधा सरकारी शिक्षक सरह बनाउन संघीय प्रदेश सरकारसँग पहल गरिनेछ

) राहत शिक्षक दरबन्दीलाई सरकारी दरबन्दीमा परिणत गर्न पहल गरिनेछ

) बाल विकास केन्द्रका शिक्षकहरूलाई आधारभूत तहको सेवासुविधा उपलब्ध गराइनेछ

) विद्यालयमा बालबालिकाको शतप्रतिशत पहुँच पु¥याउन हेप्पी स्कुलको अवधारणा अन्तर्गत चार वर्षसम्मका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना कार्यक्रम संचालन गरी विद्यार्थी भर्ना दरमा बृद्धि गरिनेछ साथै पाँच वर्षमा विद्यार्थीहरुको विद्यालय छोड्ने दर शून्यमा झारिनेछ त्यसका लागि खाजा, छात्रबृत्ति तथा अन्य आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ

) धनगढी उपमहानगरपालिकालाई बालश्रम मुक्त उपमहानगर बनाइनेछ

) एक विद्यालय एक नर्सको व्यवस्था गरिनेछ

m) हरेक विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी  लागु गरिनेछ

ञ० निजि विद्यालयहरुको शुल्क अनुसार सेवासुविधा भए नभएको अनुगमन गरिनेछ

. स्वास्थ्य सेवा

) धनगढी उपमहानगर पालिकाका प्रत्येक वडामा स्थापना भएका नगर स्वास्थ्य केन्द्रमा एकजना  विशेषज्ञ डाक्टर सेवा उपलव्ध गरिनेछ

) उपमहानगरपालिका भित्र निशुल्क एम्बुलेन्स सेवा संचालन गरिनेछ

) सामाजिक स्वास्थ्य विमा कार्यक्रमलाई घरघरमा पुयाउन विषेश अभियान संचालन गरिनेछ

) उर्मा फूलबारी दुबैलाई पायक पर्ने गरी २५ सैयाको सुविधा सम्पन्न अस्पताल स्थापना गरिनेछ

.खानेपानी सरसफाई तथा ढल व्यवस्थापन

) खानेपानीको पाइप बिस्तार गरि एक घर एक धाराको व्यवस्था गरिनेछ

) प्रत्येक वडाका सार्वजनिक स्थानमा सार्वजनिक ट्वाईलेट निर्माण सहरी घुम्ती शौचालय संचालन  गरिनेछ

) धनगढी सहरलाई स्वच्छ सफा राख्न व्यवस्थित निकास सहितको ढल निर्माण गरिनेछ

) छाडा चौपाया व्यवस्थापन गर्न सार्वजनिक तथा निजी साझेदारीमा व्यवस्थित गौशाला निर्माण गरिनेछ वडा नं को जाखौरताल वडा नं मा रहेको गौशालालाई थप व्यवस्थित बनाइने

) घरबाट निस्कने फोहरमैला संकलन गरी त्यसबाट मल तथा उर्जा उत्पादन गरिनेछ

. पर्यटन तथा मनोरञ्जन

) उपमहानगर पालिकाभित्र रहेका प्राकृतिक, धार्मिक तथा मानव निर्मित पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार तथा प्रबद्र्धन गरिनेछ

) हाल सञ्चालनमा रहेका थारु होमस्टेको  प्रचार प्रसार व्यवस्थापकिय तालिमको व्यवस्था गरी थप अन्य क्षेत्रमा बिस्तार गरिनेछ

) धनगढीमा वहुजातीय, बहुसाँस्किृतिक संग्रहालय निर्माण गरिनेछ सबै धर्म सम्प्रदाय तीसँग सम्वन्धित आस्थाका केन्द्रको विकास तथा प्रवद्र्धन गरिनेछ

) बेहडाबाबा,जाखौर ताल, शिवपुरीधाम, नेतुवाताल कनरी पार्क लाई पर्यटकको आकर्षकको केन्द्र बनाई पूर्णरुपमा संचालन गरिनेछ  

.सडक यातायात सेवा

) उपमहानगर पालिकाका भित्रि सडकलाई रिङरोड, हुलाकी सडक सहरी सघन सडकको संजालमा जोडिनेछ

) धनगढी उपमहानगर पालिका भित्र अन्तर्राष्ट्रिय स्तरका अत्याधुनिक टर्मिनल सहितकोे बसपार्क निर्माण गरिनेछ  

) ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने सडक टा«फिक संकेत निर्माण तथा सुरक्षाका लागि आवश्यक ठाउँमा सिसि टिभि क्यामेरा जडान स्मार्टलाइट बत्ती जडान गरिनेछ

) धनगढी उपमहानगरपालिका भित्र सञ्चालित रिक्सा ट्याक्सी लगायतका सवारी साधनका लागि पार्किङको व्यवस्था गरिनेछ

) पाँच वर्ष भित्र माग आवश्यकताका आधारमा नगरका सबै ठाउँ जोड्ने सडक कालोपत्रे गरिनेछन्

) पाँच वर्षको अवधिमा धनगढी उपमहानगर भित्र पाँच वटा ईलेक्ट्रिक बस निजि,सहकारी सामmेदारी (पिपिपि))मोडलमा सञ्चालनमा ल्याइनेछ

१०.औद्योगिकीकरण

) उपमहानगर पालिकाका वडा नं. १५ १६ मा औद्योगिक क्षेत्र स्थापना गरिनेछ

) धनगढी उपमहानगरपालिका भित्र उद्योग तथा कलकारखानामा लगानी गर्न लगानी मैत्री नीति निर्माण गरिनेछ रु.५० करोड रुपैया भन्दा बढि लगानीका होटल तथा उद्योग तथा कलकारखानाको नक्सा पासमा ५० प्रतिशत छुट गरिनेछ साथै उद्योग, होटल तथा अन्य व्यवसायीक प्रतिष्ठान सञ्चालनका लागि आवश्यक पर्ने विद्युत, खानेपानी, सडक लगायत सेवाहरु उपलब्ध गराउन आवश्यक सहजीकरण सहयोग गरिनेछ

११.सुशासन प्रर्वद्धन

) करका दरलाई न्यून गर्दे करकोे दायरा फराकिलो पारिनेछ

) उपमहानगरपालिकाले संचालन गर्ने हरेक गतिविधि त्यसको बजेट तथा कार्यान्वयन गर्ने विस्तृत योजना पालिकाको डिजिटल बोर्ड मार्फत सार्वजनिक गरिनेछ

१२.युवा तथा खेलकुद

) प्रत्येक वर्ष मेयर÷उपमेयर कप तथा वडा स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछन्

) उपमहानगर पालिकाका सबै वडामा एक गाउँ एक खेल मैदान निर्माण गरिने

) कृषि, पशुपालन, हस्तकला, पर्यटन, व्यावसायिक क्षेत्रमा संलग्न युवा उद्यमीलाई कर लगायत अन्य सेवामा सहुलियतको व्यवस्था गरिनेछ

) लागू पदार्थ दुव्र्यसनमा परेका युवा तथा बालबालिकाको उद्धार तथा पुनस्र्थापना केन्द्र स्थापनाका लागि प्रदेश सरकारसँग समन्वय गरिनेछ

) धनगढीमा रहेको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा स्तरोन्नति  गर्न  आवश्यक पहल गरिनेछ

) युवाहरुलाई व्यवसायमा आकर्षित गर्न बिजनेश परामर्श तथा नव प्रर्वतन केन्द्र स्थापना गरिनेछ

१३. सामुदायिक सशक्तीकरण

) अल्पसंख्यक, दलित समुदायको परम्परागत पेशाको संरक्षण, आधुनिकीकरण तथा व्यावसायीकरण गरी आयआर्जन वृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरिने

) उनीहरुको रुचि बजारको सम्भाव्यता अध्ययन गरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमहरू संचालन गरिनेछन्

१४.भाषा तथा सस्कृति

) स्थानीय सबै समुदायका भाषा, रीतिरिवाज चाडपर्व आदिको संरक्षण गर्न कार्यक्रम संचालन गरिनेछन्

१५.अपाङ्गताका लागि विशेष कार्यक्रम

) धनगढी उपमहानगर पालिकाभित्र निर्माण हुने सम्पूर्ण भौतिक संरचना अपाङ्गमैत्री बनाउने कार्यलाई निरन्तरता दिइने

१६.आर्थिक व्यवस्थापन

) ठूला करदातालाई सम्मान करदाता मैत्री नीति लागू गरिनेछ

) घर बहाल कर तिर्नेलाई प्रोत्साहन गरिनेछ

) नयाँ उद्योग तथा व्यवसाय सञ्चालन गर्नेलाई सहुलियत दिइनेछ

) धनगढी नगरभित्र उद्योग ग्राम स्थापना गरिनेछ

१७.महिला÷अल्पसंख्यकहरूका लागि उद्यमशिलता स्वरोजगार कार्यक्रम

) एकल, अशक्त, अतिविपन्न वर्गहरुका लागि आयआर्जन, उद्यमशिलता स्वरोजगार कार्यक्रम संचालन गरिनेछ उनीहरुलाई सहुलियत दरको कर्जा सहज रुपमा उपलब्ध गराउन बैकहरूसँग सहजीकरण गरिनेछ

) सार्वजनिक शौचालय, सरकारी कार्यालय सार्वजनिक स्थानहरूमा स्तनपान तथा शिशु नर्सिंग कोठाको व्यवस्था गरिनेछ

१८. मुक्तकमैयाहरुको पूर्ण रूपमा पुनस्र्थापना गरी आन्तरिक तथा बाह्य श्रोतका लागि समन्वय गरिनेछ साथै स्वरोजगारी उद्यमशिलताका कार्यक्रमहरू सञ्चालन गरिनेछन्

अन्य

२०. हरेक नागरिकको स्वास्थ्य तथा जीवन बिमा अनिवार्य गरिनेछ त्यसका लागि बिमा कम्पनीहरुसँग सहकार्य गरिनेछ

२१. धनगढी उपमहानगर पालिकाभित्र निशुल्क शव बाहन सहित मलामी बाहन संचालन गरिनेछ

२५.धनगढी उपमहानगर पालिकाको घुईयाघाटलाई नमूना राना गाउँ बनाईनेछ

२६.ज्येष्ठ नागरिककोे स्वास्थ्योपचार तथा निर्बाहका लागि सरकाले उपलव्ध गराउदै आएको सामाजिक सुरुक्षा भत्ता सहज उपलव्ध गराईनेछ जेष्ठ नागरिकका लागि प्रत्येक वडामा जेष्ठ नागरिक केन्द्र (अध्ययन, लाईबेरी मनोरञ्जन, विश्राम) बनाईनेछ

२७. उपमहानगरपालिका भित्र ठूला योजना सञ्चालनका लागि प्रदेश संघिय सरकार संग सहकार्य गरिनेछ

२८. विदेशमा रहेका धनगढी बासीहरुलाई लगानीका लागि प्रोत्साहन गरिनेछ

 

गठबन्धन दल

धनगढी उपमहानगरपालिका

चुनाव प्रचार प्रसार समिति