
स्थानीय तहको चुनावमा कञ्चनपुरमा रोचक भिडन्त हुने भएको छ । एक दम्पती नै कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा चुनावी मैदानमा उत्रिएका छन् । श्रीमान्–श्रीमती नै फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

दोधारा–चाँदनी नगरपालिका– ७ मा श्रीमती कांग्रेस र श्रीमान् एमालेबाट वडा सदस्य पदको दौडमा छन् । कांग्रेसबाट श्रीमती कमला उपाध्याय र एमालेबाट श्रीमान् सन्दीप उपाध्याय वडासदस्य पदका उम्मेदवार छन् । सन्दीप खुला सदस्य र कमला महिला सदस्यबाट भिडिरहेका छन् ।
फरक पार्टी भए पनि एक–आपसमा सौहार्दतापूर्ण तरिकाले उपाध्यायदम्पती चुनावमा होमिएका छन् । उपाध्याय जोडी बिहानै घरबाट निस्किएर राति मात्रै घरमा आइपुग्छन् ।

कांग्रेसबाट वडासदस्यमा होमिएकी कमलाले घरभित्र श्रीमान्–श्रीमती गेटबाहिर गएपछि आ–आफ्नो पार्टीको काममा लाग्ने गरेको बताइन् ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2021/05/05, 9:33
2021/11/27, 9:26
2023/02/27, 12:53