
नेपाली कांग्रेसको कारबाहीमा परेका डडेलधुराका पूर्व सभापति कर्ण मल्लले पार्टीको २७ गते डडेलधुरामा हुने सभामा बोल्ने मौका पाए सबै हिसाब किताब राख्ने बताएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुने सभामा आफूले १० मिनेट मात्र बोल्न पाए सबै सबै हिसाब किताब राख्ने बताए । नेपाली कांग्रेस वीपी र नेकपा एमालेले बसपार्कमा गरेको संयुक्त सभामा मल्लले भने‘ ‘हिम्मत छ भने मलाई २७ गते हुने देउवा दाइको आमसभामा १० मिनेट बोल्न दिनुस्, म कांग्रेसका विद्रोही हरि भट्टका तर्फबाट आफ्ना कुरा राख्छु, २०६७ सालमा म डडेल्धुराको नेतृत्वमा आएपछि के के काम गरे सबै भन्नेछु ।’
मल्लले एमालेसँग गठबन्धन गर्दै कांग्रेस वीपीका तर्फबाट कांग्रेस विरुद्ध उम्मेदवार उठाएका छन् । त्यसपछि उनलाई पार्टीले कारबाही गरिसकेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 3:46
2020/10/27, 9:06
2021/05/23, 5:34
2021/12/31, 2:49
2023/01/16, 3:30