
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरी चढेको सरकारी गाडी नियन्त्रणमा लिइएको छ। शनिबार राति सांसद चौधरी सवार से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका-१९ जे गाउँबाट नियन्त्रणमा लिइएको हो।

निर्वाचन आचारसंहिताविपरीत गडीको प्रयोग गरिएको भन्दै नेपाली कांग्रेस सम्बद्ध युवाहरूले गाडी नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्। गाडीमा नेकपा एमालेको झण्डा समेत टाँगिएको स्थानीयले बताएका छन्।
उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको र सो विषयमा आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 3:46
2020/10/27, 9:06
2021/05/23, 5:34
2021/12/31, 2:49
2023/01/16, 3:30