बैतडीको पाटन नगरपालिका एक हप्ताा लागि सिल
2020/06/22, 9:18
 
korona

बैतडीको पाटन नगरपालिका सिल गरिएको छ । कोरोना भाईरसको संक्रमण थप फैलिन नदिन एक हप्ताका लागि नगरपालिका सिल गरिएको कार्यपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए ।

एक हप्तासम्म नगर क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । पाटन नगरपालिकामा अहिलेसम्म ८ जना संक्रमित भेटिएका छन । उनीहरु मध्ये एक जना निको भएर घर फर्किएका छन् भने बाँकीलाई आइसोलेसनमा राखेर उपचार भईरहेको छ ।