कैलालीमा दोहोरिने दाउमा रहेका उम्मेदवारको अग्नि परीक्षा
2022/05/09, 11:31
 
ss

कैलालीमा जनप्रतिनिधिमा दोहोरिने दाउमा रहेका उम्मेदवारका लागि स्थानीय तहको आसन्न निर्वाचन अग्नी परीक्षा हुनेछ । स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित यो जिल्लामा पाँच वर्षसम्म पालिका चलाइ सकेका पाँच जना निवर्तमान प्रमुख पुनः सोही पद्मा दोहोरिने दाउमा छन् ।

नृपबहादुर वड, शेरबहादुर चौधरी, ममताप्रसाद चौधरी, लाजुराम चौधरी र महादेव बजगाइँ फेरि पालिका प्रमुखमा दोहोरिने दाउमा रहेका छन् । यस्तै, एक जना उपमेयर र एक जना उपाध्यक्ष पनि सोही पद्मा दोहोरिनका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

२०७४ निर्वाचनमा धनगढी उपमहानगरपालिकामा वडले जित हासिल गरेका थिए । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढी उपमहानगरपालिकालाई पाँच वर्षसम्म हाँकेका वड फेरि सोही पद्का लागि उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा एक्लै लडेको नेपाली काङ्ग्रेस यस पटक तीन दलसंग गठबन्धन गरेर चुनावी मैदानमा छ । र, वडलाई फेरि उम्मेदवार बनाएको छ ।

धनगढी उपमहानगरपालिकामा अगाडि सुरु भएका दीगो विकासका कार्यलाई अझ व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि पार्टीले विश्वास गरेर आफूलाई दोहो¥याएको वड बताउँछन् । ‘अनुभव र विकासको कार्य जुन द्रूत गतिमा अगाडि बढाइएको त्यो कामको आधारमा पार्टीले मलाई विश्वास गरेको हो’, उनले भने । ‘मैले धेरै काम पूरा गरे । केही अधुरा छन्, केही सुरु भएका छन् । अधुरा ती कामहरुलाई पूरा गर्न सहज हुने भएकाले पार्टीले मलाई दोहो¥याएको हो ।’ 

आफूले नगरवासी, कर्मचारी, पत्रकार सबैको सुझावको आधारमा काम गरिरहेकाले चुनाव जित्नेमा सतप्रतिशत विश्वस्त रहेको वडले बताए । ‘म चुनाव जित्नेमा सतप्रतिशत ढुक्क छु’, उनले भने । अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गरेर वड निर्वाचित भएका थिए । यस पटक वड, नेकपा (एमाले) का उम्मेदवार रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार हमालबीच त्रिपक्षीय भिडन्त हुने धेरैको बुझाइ छ ।

यसैगरी, अघिल्लो निर्वाचनमा भजनी नगरपालिकाको प्रमुखमा जितेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शेरबहादुर चौधरी फेरि सोही पद्मा उम्मेदवार छन् । गठबन्धन आवद्ध उनलाई उनको दलले विश्वास गरेर पुनः मेयरको टिकट दिएको हो । चौधरीको लागि नागरिक उन्मुक्ति पार्टीका केवल चौधरी र एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् । 

यस्तै, कैलारी गाउँपालिकाको अध्यक्ष भएर पाँच वर्षसम्म काम गरिसक्नु भएका लाजुराम चौधरी फेरि पनि सोही पद्मा उम्मेदवार छन् । माओवादी केन्द्रका चौधरी अघिल्लो निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पराजित गरेर अध्यक्ष पद्मा विजयी हासिल गरेका थिए । उनले पाँच वर्ष काम गरेको कैलारी गाउँपालिका गत आर्थिक वर्षको कार्य सम्पादन मूल्याङ्कनमा नेपालकै उत्कृष्ट पाँच पालिकाभित्र परेको छ ।

चौधरीले नेतृत्व गरेको पालिका नेपालमै उत्कृष्ट पाँच पालिकाभित्र परेकाले उनलाई माओवादी केन्द्रले पुनः सोही पद्का लागि दोहो¥याएको हो । चौधरीका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार राजसमझ चौधरी, नेकपा (एमाले) का उम्मेदवार झुमा चौधरी चुनौतीका रुपमा रहेका छन् । अघिल्लो निर्वाचन काङ्ग्रेसका राजसमझलाई नै पराजित गरेर उनले चुनाव जितेका थिए । यस पटक पनि दुवै जना मुख्य प्रतिस्पर्धी रहने धेरैको आँकलन छ ।

यसैगरी, घोडाघोडी नगरपालिकामा ममताप्रसाद चौधरी र लम्कीचुहा नगरपालिकामा महादेव बजगाई पुनः मेयरमा दोहोरिनका लागि चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले उनीहरुलाई पुनः मेयरमा दोहोरिनका लागि टिकट दिएको हो । एमाले कैलालीमा एक्लै चुनावी मैदानमा उत्रेको छ । दुवै पालिकामा एमालेका लागि गठबन्धनकै उम्मेदवार प्रतिस्पर्धी रहेका छन् । तर, एमालेले दोहो¥याएका दुवै उम्मेदवार बलिया रहेको धेरैको आँकलन छ ।

यस्तै, २०७४ को निर्वाचनमा एमालेबाट जितेर गोदावरी नगरपालिकाको उपप्रमुखको रुपमा पाँच वर्षसम्म काम गरेकी रत्ना कडायत पनि फेरि सोही पद्का लागि निर्वाचनमा होमिएकी छन् । सत्तासाझेदार उहाँको नेकपा (एकीकृत समाजवादी) पार्टीले गोदावरीमा उपप्रमुखको भाग पाएपछि उपमेयर पद्मा दोहोरिनका लागि कडायतलाई मौका मिलेको हो ।

त्यस्तै, कैलारी गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रले लक्ष्मी सत्गौंवालाई उपाध्यक्षमा दोहो¥याएको छ । १३ पालिका रहेको कैलालीमा बाँकी आठ पालिकामा भने नयाँ अनुहारलाई दलहरुले अगाडि सारेका छन् । वडा अध्यक्षहरुमा भने अधिकाङ्स पुरानै अनुहारलाई उम्मेदवारको रुपमा दोहो¥याइएको छ ।