काँग्रेसबाट धनगढीका मेयर उम्मेदवार वडले गरे मतदान
2022/05/13, 2:25
 
ss

काँग्रेसबाट धनगढी उपमहानगरपालिकाका मेयर उम्मेदवार नृपबहादुर वडले मतदान गरेका छन् । उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

उनले शुक्रबार बिहान  बासुदेवी माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा मतदान जारी छ ।

धनगढी उपमहानगरपालिकामा मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भइरहेको हो। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ। उपमहानगरमा ९३ हजार १ सय ५१ मतदाता छन्।