धनगढीमा मतदान  ( फोटोफिचर )
2022/05/13, 2:33
 
ss

धनगढी उपमहानगरमा मतदान सुरु भएको छ। स्थानीय तहको नयाँ नेतृत्व चयन गर्न  मतदान भइरहेको छ ।

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिका विभिन्न केन्द्रमा मतदान भइरहेको हो। धनगढी उपमहानगरपालिकामा मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भइरहेको हो। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ।

उपमहानगरमा ९३ हजार १ सय ५१ मतदाता छन्। उपमहानगरपालिकामा सबैभन्दा बढी मतदाता वडा नम्बर ३ मा रहेका छन्। वडा नम्बर ३ मा कूल मतदाता ८ हजार २२१ रहेका छन्।यस्तै वडा नम्बर ५ मा ७ हजार ६४५ मतदाता रहेका छन्। मुख्य बजार क्षेत्र रहेको वडा नम्बर १ मा भने ७ हजार १३९ मतदाता रहेका छन्। आसन्न स्थानीय तहको निर्वाचनका लागि धनगढीमा ३४ मतदानस्थल तोकिएका छन्। यस्तै १०४ मतदान ओटा मतदान केन्द्र धनगढीमा छन्।