कैलालीको धनगढीमा मतगणना सुरु, पहिलो मत बदर
2022/05/14, 2:10
 
ss

धनगढी उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । गणना वडा नम्बर १ बाट सुरु गरिएको हो । मतगणना धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा भइरहेको हो ।

मत गणनाको पहिलो मत भने बदर भएको छ । स्रोतका अनुसार रुख र आप चुनाव चिन्हमा हालिएको मत बदर भएको हो । धनगढीमा १९ वडा रहेका छन् ।

धनगढीमा नेपाली कांग्रेसका नृपबहादुर वड र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यस्तै, नेकपा एमालेबाट रणबहादुर चन्द पनि प्रतिस्पर्धामा रहेका छन् ।