
बैतडीका १० ओटै स्थानीय तहहरुमा मतगणना सुरु भएको छ। ६ ओटा पालिकाको प्रारम्भिक मतपरिणाम अनु्सार चार पालिकामा कांग्रेस र दुई पालिकामा एमाले अग्रस्थानमा देखिएको छ।

जिल्लाको शिवनाथ गाउँपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा कांग्रेसको अग्रता कायम छ भने दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकामा एमालेको अग्रता कायम रहेको छ। मतगणना कार्य जारी रहेको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको प्रारम्भिक मतपरिणाम आउन बाँकी रहेको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55