बैतडीको पुर्चौंडी–१ को अध्यक्षमा काँग्रेसका गडाल विजयी 
2022/05/15, 9:12
 
ss

बैतडीको पुर्चौंडी नगरपालिका १ को वडाध्यक्षमा नेपाली काँग्रेसका गणेशबहादुर गडाल निर्वाचित भएका छन्। नेपाली काँग्रेस पुर्चौंडी नगर कार्यसमितिका सभापति समेत रहेका गडाल ५७५ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका आनन्दसिंह धामीले ३२५ मत ल्याए।  वडा सदस्यहरुमा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका बताइएको छ।