भीमदत्तमा मतान्तर बढाउँदै कांग्रेस
2022/05/15, 9:16
 
ss

कञ्चनपुरको सदरमुकामको स्थानीय तह भीमदत्त नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसले फराकिलो मतान्तको अग्रता कायम राखेको छ।

वडा नम्बर २ र १ को मतगणना जारी रहँदा मेयरका कांग्रेसका पदम बोगटीले १ हजार २३३ र उपमेयरमा निलम लेखकले ९३९ मत प्राप्त गरेका छन्।

यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार महेश पन्तले ३३३ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार भुवन कुँवरले ३९६ मत ल्याएका छन्।

राप्रपाका मेयरका उम्मेदवार गजेन्द्र चन्दले २३२ र उपमेयरमा हेलन श्रेष्ठले १३७ मत ल्याएका छन्।  यस्तै मेयरमा समाजवादीका राजेन्द्र पाण्डेयले २२४ र उपमेयरमा माओवादीका कृष्णदत्त जोशीले ५१४ मत प्राप्त गरेका छन्।