नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति बीरबहादुर बलायरको गृहनगरमा कांग्रेसले अग्रता लिएको छ। डोटीको शिखर नगरपालिकामा कांग्रेस निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेभन्दा झण्डै तेब्बर बढी मतले अगाडि छ।
वडा नम्बर १ मा खसेको कुल मतमध्ये ३ सयको गणना सम्पन्न हुँदा कांग्रेसले अघि सारेका नगर प्रमुख र उपप्रमुखका उम्मेदवारले क्रमशः १७१ र १७२ मत प्राप्त गरेका छन्।
एमालेका नगर प्रमुख र उपप्रमुखका उम्मेदवारले क्रमशः ५१ र ५५ मत ल्याएका छन्। शिखरमा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल छ।
दुई दलीय गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नगर प्रमुख उम्मेदवारले ५६ र माओवादी केन्द्रका उपप्रमुख उम्मेदवारले २२ मत प्राप्त गरेका छन्। वडा नम्बर १ को वडाध्यक्षका लागि कांग्रेसका उम्मेदवारले १७५ र एकीकृत समाजवादीका उम्मेदवारले १०३ मत पाएका छन्।