धनगढीमा फराकिलो मतान्तरले अगाडि बढे स्वतन्त्र उम्मेदवार, पछ्याउँदै गठबन्धन
2022/05/15, 9:31
 
ss

धनगढी उपमहानगरपालिकामा २९५३ मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन् ।मतगणना अनुसार २ हजार ९५३ मतगणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार हमालको  १३८६  मत पाएका छन्।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८०७, नेकपा एमालेका रणबहादुर चन्दले १४३ मत पाएका छन्। शनिवार दिउसो १२ बजेबाट सुरु भएको मतगणना जारी छ । मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ। उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तारजाली बाहिरबाट मतपत्र हेर्ने व्यवस्था मिलाएको छ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।