कैलालीमा कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता ? (विवरणसहित)
2022/05/15, 9:33
 
ss

१३ स्थानीय तह रहेको कैलालीको प्रारम्भिक नजिताअनुसार अधिकांश पालिकामा सत्ता गठबन्धनमा आवद्ध दलका उम्मेदवार अगाडि देखिएका छन्। १३ पालिकामध्ये अहिलेसम्म मोहन्याल गाउँपालिका बाहेक १२ पालिकाको मतगणना सुरु भएको छ।

प्रारम्भिक नतिजाअनुसार जिल्लाका चार पालिकामा नेपाली काँग्रेस, ३ मा नागरिक उन्मुक्ति पार्टी, २ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएक छन्। एक स्थानीय तहमा स्वतन्त्र, एकमा नेकपा एमाले र एकमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन्। 

धनगढी उपमहानगरको मेयरमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखिको अग्रता कायमै राखेका छन्। २ हजार ४५३ मत गणनाहुँदा हमालले १ हजार १३६ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३ र नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन्।

जिल्लाको कैलारी गाउँपालिकामा काँग्रेसका उम्मेदवार राजसमझ चौधरी अगाडि छन्। चौधरी १ हजार २५४ मतका साथ अग्रस्थानमा छन्। चौधरीलाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका होमबहादुर गुरुङले १ हजार ११५ मत ल्याएका छन्। जिल्लाको गोदावरी नगरपालिकामा कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्। काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट २ हजार १४० मत पाएका छन् भने एमालेका गोकर्ण भट्टले १ हजार ५७४ मत पाएका छन्। 

गौरीगंगा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उम्मेदवार देवीदत्त कँडेल ५१५ मतका साथ अग्रस्थानमा छन्। कँडेललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का पदमसिंह सिङालले ३२३ मत ल्याएका छन्। घोडाघोडी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी०का उम्मेदवार खडकबहादुर रावत १ हजार ७०२ मतका साथ अग्रस्थानमा छन्। नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का ममताप्रसाद चौधरीले १ हजार २०५ मतका साथ रावतलाई पछ्याइरहेका छन्। 

चुरे गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी०का उम्मेदवार लोकबहादुर सारु १ हजार ३५६ मतका साथ अग्रस्थानमा छन्। सारुलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का चक्रबहादुर बोगटीले १ हजार १७१ मत ल्याएका छन्। जानकी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार परशुराम महतौ अग्रस्थानमा छन्।

जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चित्रबहादुर चौधरी अग्रस्थानमा छन् भने चौधरीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले पछ्याइरहेका छन्। टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टी उम्मेदवार रामलाल डगौरा थारु १ हजार ४९० मतका साथ अग्रस्थानमा छन्। थारुलाई पछ्याइरहेका नेपाली कांग्रेसका नवराज रावलले ७ सय ८१ मत ल्याएका छन्।

बर्दगोरिया गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार कर्णबहादुर कुँवर अग्रस्थानमा छन्। कुँवरलाई नेपाली कांग्रेसका शेरबहादुर कठरियाले पछ्याइरहेका छन्। भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार केवल चौधरी ३४४ मतका साथ अग्रस्थानमा छन्। चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का हर्कबहादुर बुढाले ३११ मत ल्याएर पछ्याइरहेका छन्। लम्कीचुहा नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार सुशीला शाही ७२१ मतका साथ अग्रस्थानमा छन्। शाहीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका महादेव बजगाईले ५२१ मत ल्याएका छन्।