सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने
2022/05/15, 9:36
 
ss

सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने भएको छ। फेरि चुनाव हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र छन् । सो पालिकामा वडा नम्बर २, ३, ५ र ९ मा एमालेले र ४ र ७ मा काँग्रेसले एकलौटी मतदान गरेको भन्दै विवाद भएको भएको थियो ।

तर शान्ति पूर्णरुपमा मतदान भएका १, ६, ७ र १० मा पनि फेरि चुनाव हुने भएपछि स्थानीयहरू आक्रोशित छन् । बाजुराको बुढीनन्दा‐८ को पालिका पिस क्रियटर एकेडेमीमा पनि फेरि चुनाव हुने भएको छ । सो केन्द्रमा केही मत खसेपछि विवादका कारण मतदान स्थगित भएको थियो । बाजुरामा चुनावको नयाँ मिति तोकिएको छैन ।

बझाङको जयपृथ्वी नगरपालिका सुनिपिपल चौर माविका दुई केन्द्रमा भने आज चुनाव हुँदैछ । यस्तै बझाङकै सुर्मा गाउँपालिकाको कृष्ण प्राविको एक केन्द्र र आधावगर माविका दुई केन्द्रमा भोलि मतदान हुने भएको छ । यस्तै बझाङकै केदारस्यूँ गाउँपालिकाको जगन्नाथ माविका दुई केन्द्रमा पनि भोलि मतदान हुने भएको निर्वाचन आयोगको ई- बुलेटिनमा उल्लेख छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका विजय मावि, भीम विकासबस्तीको एक केन्द्र, अछामको साँफेबगर नगरपालिका राष्ट्रिय मावि, बाबला दुई र अछामकै पञ्चदेवलविनायक नगरपालिका नवज्योति माविका दुई केन्द्रको मिति पनि तोकिएको छैन ।