
कैलालीको भजनी नगरपालिकामा रोचक परिणाम सार्वजनिक भएको छ । यहाँ पाँच दल चुनावी मैदानमा छन् । उनीहरूले विभिन्न पदमा समान मत पाएका छन् । रेसम चौधरीले नेतृत्व गरेको रेसम चौधरीको पार्टी नागरिक उन्मुक्तिले सर्वाधिक मत पाएको छ ।

मत परिणाम अनुसार सातै पदमा एउटै मत छ । उनीहरू सबैले ४३२ मत पाएका छन् । दोस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्र उपप्रमुख बाहेक ६ पदमा उम्मेदवारी दर्ता गरेको थियो । ती सबै पदमा पनि समान २२२ मत प्राप्त भएको छ ।
त्यस्तै कांग्रसले उपप्रमुखमा मात्रै उम्मेदवारी दिएको छ। माओवादीले पाएको समान मत कांग्रेसको उपप्रमुखले पनि पाएका छन् । त्यस्तै जनता समाजवादी पार्टीले सातै पदमा समान १५४ र नेकपा एमालेले पनि सातै पदमा समान १३६ मत पाएको छ ।
यो मत परिणाम ९४४ मत गणना गर्दा सम्मको हो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 3:46
2020/10/27, 9:06
2021/05/23, 5:34
2021/12/31, 2:49
2023/01/16, 3:30