
अछामको बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेस अध्यक्ष र एमाले उपाध्यक्षमा विजयी भएका छन् । सोमबार सार्वजनिक मतपरिणाम अनुसार चार सय ९८ मतान्तरले कांग्रेसका टेकबहादुर साउँद अध्यक्ष पदमा विजयी भएका हुन ।

टेकबहादुरले तीन हजार ११२ मत प्राप्त गरे । एमालेका उम्मेदवार लोकबहादुर साउँदले दुई हजार ६१४ मत पाए । लोकबहादुर बान्नीगढी जयगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन भने टेकबहादुर २०७४ को प्रदेशसभा निर्वाचनमा अछाम–१ ‘ख’ का प्रत्यासी थिए ।
उपाध्यक्षमा भने एमालेकी बिन्दु रावल १४ मतको अन्तरमा विजयी भएकी छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 3:46
2020/10/27, 9:06
2021/05/23, 5:34
2021/12/31, 2:49
2023/01/16, 3:30