
धनगढी उपमहानगरको मेयरमा अहिलेसम्म २०७९ मत बदर भएका छन्। यस्तै उपमेयरमा ४१६५ मत बदर भएका छन्। उपमहानगरको मेयर र उपमेयरमा १०३२९ मत गन्दा उक्त संख्यामा मत बदर भएका हुन्।

यस्तै अहिलेसम्मको गणनामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहेका छन्। हमालले अहिलेसम्म ४ हजार ५३८ मत पाएका छन्।
यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४२८, नेकपा एमालेका रणबहादुर चन्दले ११४० मत पाएका छन्। हमाल र वडबीच २११० मतको अन्तर रहेको छ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार १३८, एमालेकी कन्दकला रानाले १ हजार ९३८ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार २५६ मत पाएका छन्।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 3:46
2020/10/27, 9:06
2021/05/23, 5:34
2021/12/31, 2:49
2023/01/16, 3:30