
डोटीको सायल गाउँपालिकामा कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन्। गाउँपालिकाको अध्यक्षमा धर्मराज जोशी र उपाध्यक्षमा निर्मला बोहरा निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्वाचित कांग्रेसका उम्मेदवार जोशीले ३ हजार २४६ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तेजबहादुर डुम्रेलले २ हजार २४० मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्षमा ओलीले दुई हजार ९३७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एवं गाउँपालिकाका निवर्तमान उपाध्यक्ष विष्नादेवी सिंहले २ हजार १५४ मत प्राप्त गरिन्।

६ वडा रहेको सायल गाउँपालिकामा वडा नम्बर १ एमालेले जितेको छ भने अन्य वडाहरुमा कांग्रेसले जितेको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 3:46
2020/10/27, 9:06
2021/05/23, 5:34
2021/12/31, 2:49
2023/01/16, 3:30