धनगढीमा ३३ हजार ६५२ मतगणना हुँदा कसले कति मत पाए ?
2022/05/19, 1:25
 
ss

कैलालीको धनगढी उपमहानगरपालिकामा ३३ हजार ६५२मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबारसम्म ३३ हजार ६५२ मतगणना भएको हो। दिउसो १ बजे  सार्वजनिक गरिएको विवरण अनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १५ हजार ४२८ मत पाएका छन्।

यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ७ हजार ५९६र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ५१३ मत पाएका छन्।  हमाल र वडबीच ७ हजार ८३२ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार ९८३ मतका साथ लिड गरिरहेकी छिन्।

एमालेकी कन्दकला रानाले ६ हजार ९६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ८४८ मत पाएका छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।