एमालेलाई हराएर सुदूरपश्चिममा पहिलो मेयर जित्यो एकीकृत समाजवादीले
2022/05/19, 1:30
 
ss

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा पहिलो मेयर जितेको छ। कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन्।

रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए। उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन्। यहाँ सत्तारूढ गठबन्धन थियो।   

२०७४ को चुनावमा यसपालि पराजित भएका एमालेका चौधरीले मेयर जितेका थिए।