कैलालीको जोशीपुरको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टी विजयी
2022/05/19, 1:31
 
ss

कैलालीको जोशीपुर गाउँपालिकामा पनि सत्तारुढ गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रेशम चौधरीको अगुवाइमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टी विजयी भएको हो ।

अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी र उपाध्यक्षमा रेखादेवी कठरीया विजयी भएका हुन् । चौधरीले ४९०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका बन्सराम बडायकले ३३६८ मत पाए ।

उपाध्यक्षमा कठरीयाले ४५८१ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका दीर्घराज बिनाडीले २६८ मत मात्रै प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकाको मेयरमा पनि जितिसकेको छ ।