कैलालीको भजनीमा पनि नागरिक उन्मुक्ति विजयी
2022/05/19, 5:18
 
ss

कैलालीको भजनी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन । निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरी विजयी भएका हुन ।

यसैगरी उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार ४०० मतले पछि पार्दै नागरिक उन्मुक्तिकै राजु तिरुवा विजयी भएका छन् । प्रमुख, उपप्रमुख जितेको नागरिक उन्मुक्तिले ३ वडाध्यक्ष, माओवादी केन्द्रले ३ वडाध्यक्ष, नेकपा एमालेले २ वडाध्यक्ष र नेपाली काँग्रेसले १ वडाध्यक्ष जितेका छन् ।

भजनीमा नागरिक उन्मुक्तिबाट वडा नम्बर १ को वडाध्यक्षमा धर्मेन्द्र श्रेष्ठ, ३ मा विक्रम चौधरी, ६ मा रामसागर चौधरी विजयी भएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन छ । गठबन्धनमध्ये माओवादीका तर्फबाट वडा नम्बर २ मा दुर्गा पुन, ४ मा जन्ताराम चौधरी, ८ मा पंकज चौधरी र काँग्रेसका तर्फबाट वडा नम्बर ७ मा अमरबहादुर कठरिया वडाध्यक्षमा विजयी भएका छन भने नेकपा एमालेबाट वडा नम्बर ५ मा केशब बुढा र ९ मा सञ्जिब चौधरी विजयी भएका छन ।