कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 
2022/05/20, 5:19
 
ss

कैलालीमा माटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–६ गुलारा अन्तरगत पूर्वपश्चिम राजामार्गमा ना५क ४३८२ नम्बरको बसले से५क २४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दगोरिया–५ का श्रवण रानाको मृत्यु भएको छ।

शुक्रवार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार रानाकी श्रीमती राजमती राना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार स्थानीय अस्पतालमा सामान्य उपचारपछि  राजमतीलाई कोहलपुर रेफर गरिएको छ। 

दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका छन्।  प्रहरीले बस चालक महोत्तरीका प्रेमकुमार अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।