धनगढीमा हमालले कटाए २० हजार मत, उपमेयरमा कडा टक्कर
2022/05/20, 5:25
 
aa

कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उपमहानगरपालिकाको मतपरिणाम अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ७७ मतको अग्रता लिएका छन्।

६३ हजार ७१५ मत खसेको धनगढीमा ४४ हजार १०३ मत गन्दा हमालले २० हजार ६ मत पाएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ९ हजार ९२९ मतसहित हमाललाई पछ्याइरहेका छन्। 

यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ४ हजार ९१४ मत ल्याएर तेस्रो स्थानमा छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेकी कन्दकला रानाबीच कडा टक्कर भइरहेको छ। अधिकारीले ९ हजार १६८ मतका साथ लिड गरिरहेकी छिन्।

एमालेकी रानाले ८ हजार ५४० र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६८ मत पाएका छन्। १९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ। १७ नम्बरबाहेक मतगणना सकिएका सबै वडामा मेयरका उम्मेदवार हमालले सबैभन्दा बढी मत पाएका छन्।