धनगढीका ११ वटा वडाको मतगणना सम्पन्न, वडाध्यक्षमा काग्रेंसको वर्चश्व
2022/05/20, 5:30
 
ss

कैलालीको धनगढी उपमहानगरपालिकामा ११ वडाको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ११ वडाको मतगणना सम्पन्न भएको हो। १९ वटा वडा रहेको धनगढीमा १, २, ३, ४, ५, ६, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ। 

वडा नम्बर १, २, ३, ४, ५, १५, १७ र १९ नम्बर वडामा नेपाली काँग्रेस प्यानलसहित विजयी भएको छ। वडा नम्बर ६ र १६ मा माओवादी केन्द्र र वडा नम्बर १८ मा नेकपा एमाले विजयी भएको छ।