
कञ्चनपुरका पत्रकार कैलाश जोशीमाथी आक्रमण गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका कपील चन्द र राजेश चन्दलाई रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

यस्तै आरोपितमध्ये रोशन पाल लगायतका अन्य फरार रहेका छन्। फरार र पक्राउ परेकाहरुमाथि प्रहरीमा अभद्र व्यहारको मुद्दा दर्ता भएको छ। फरार रहेकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।
रेडियो राष्ट्रियमा कार्यरत पत्रकार जोशीमाथी गत सोमबार बेलुका भीमदत्त नगरपालिका–६ ऐठपुरमा आक्रमण भएको थियो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/01, 1:09
2024/11/19, 1:12
2021/06/22, 10:21
2022/02/20, 10:10
2020/06/24, 6:46