कांग्रेसकी सुशीला शाही बनिन् कैलालीको पहिलो महिला प्रमुख
2022/05/21, 2:04
 
ss

गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार रहेकी सुशीला शाही कैलालीको पहिलो महिला प्रमुख बनेकी छन्। उनी लम्की चुहा नगरपालिकाको मेयरमा अत्याधिक मतले विजयी बनेकी छन्। उनले निवर्तमान मेयर महादेव बजगाईलाई २ हजार २७८ मतले पराजित गरेकी छन्।  

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले १२ हजार ७१३ मत प्राप्त गरेकी छन भने मेयरमा पराजित बजगाईले १० हजार ४३५ मत पाएका छन्।  उपमेयरमा भने नेकपा एमालेकी जुना चौधरी विजयी भएकी छन्। उनले १० हजार ७०८ मत पाएकी छन्। उनले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी जानकी सिँहलाई पराजित गरेकी हुन्। सिँहले ८ हजार ३०८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।  

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको ३३ हजार ८९५ मत मध्ये ८३७ मत बदर भएको छ। कुल १० वटा वडा मध्ये ५ वटामा नेपाली काँग्रेसले जितेको छ। काँग्रेसका तर्फबाट वडा नं। ३ मा लव शाही, वडा ६ मा लोकेन्द्र कठायत, वडा ७ मा भगवानदिन चौधरी, वडा ९ मा रामप्रसाद चौधरी र वडा १० मा हर्क कठरिया विजयी भएका छन्।  

त्यस्तै वडा नं। १ मा एमालेका नेत्र खनाल, वडा २ मा सन्तोष वली विजयी भएका छन। वडा ४ मा नेकपा एसका ताराप्रसाद अधिकारी, वडा ५ मा माओवादी केन्द्रका माया बिष्ट र वडा ८ मा स्वतन्त्रबाट हरिराम चौधरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। माओवादी केन्द्रकी बिष्ट यसअघि समेत वडाध्यक्ष थिईन्।