धनगढीको मेयरमा गोपाल हमालको जित निश्चित 
2022/05/21, 2:07
 
ss

धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालको जित निश्चित भएको  छ। उपमहानगरपालिकामा जम्मा खसेको ६३ हजार ७ सय १५ मतमध्ये ५१ हजार ६५ मतगणना हुँदा हमालले २२ हजार ५ सय ४१  मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट कांग्रेसका नृप वडले ११ हजार ५ सय ४४ मात्रै मत पाएका छन्। हमाल वडभन्दा १० हजार ९ सय ९७  मतले अगाडि छन्।  हमालले वडभन्दा भारी मत प्राप्त गरिसकेकाले उनको जित निश्चित भएको  छ।

एमालेका रणबहादुर चन्दले भने ६ हजार ४ सय २३ मत प्राप्त गरेका छन्।  उपमेयरका लागि भने एमालेका कन्दकला रानाले १० हजार ८ सय ८० मत प्राप्त गरेकी छन्। गठबन्धनका तर्फबाट माओवादीकी उपमेयर उम्मेदवार शान्ति अधिकारीले १० हजार ७ सय २ मत प्राप्त गरेकी छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले भने ६ हजार मत पाएका छन्। अब धनगढीमा १२ हजार ६ सय ५० मत गन्न बाँकी छन्।