कैलालीमा एक युवक मृत फेला 
2022/05/22, 12:10
 
ss

कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

आइतबार जिल्लाको लम्कीचुहा नगरपालिका-७ का २८ वर्षीय जयकुमार न्यौपाने मृत फेला परेका प्रहरीले बताएको छ।

उनी लम्कीचुहा-१ स्थित विद्युत कार्यालयको गेट नजिक मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।