धनगढीका १९ वडाको अध्यक्षमा को–को भए विजयी ?
2022/05/22, 12:15
 
ss

कैलालीको धनगढी उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार विहान साढे ८ बजे अन्तिम मत परिणाम सार्वजनिक गरेको हो।

मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् भने उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन्। यस्तै उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा नेपाली काँग्रेस, ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ।

वडा नम्बर १ मा सन्तोष मुडभरी, २ मा धर्मराज ओझा, ३ मा राजबहादुर ऐर, ४ मा बुद्धीबहादुर खड्का, ५ मा गजेन्द्र शाही, ९ मा प्रेमबहादुर भण्डारी, १३ मा विजय जोशी, १४ मा मानबहादुर विष्ट, १५ मा सखदेव रानाथारु, १७ मा माधव राना र १९ मा बाँधुराम चौधरी काँग्रेसबाट विजयी भएका छन्। ०७४ सालको निर्वाचनमा काँग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो। 

यस्तै वडा नम्बर ७ मा मोती राना, ८ मा जुगराम चौधरी, १० मा शिवकुमार राना, ११ मा रुपबहादुर कुँवर, १२ मा शेरबहादुर महरा र १८ मा भुवन रिजाल एमालेबाट वडा अध्यक्षमा विजयी भएका छन्। ०७४ सालमा एमाले २ वडा अध्यक्ष मात्रै जित्न सफल भएको थियो। 

०७४ सालमा ५ वडामा विजयी भएको माओवादी केन्द्र अहिले २ वडामा मात्रै विजयी भएको छ। माओवादी केन्द्रबाट वडा नम्बर ६ मा भागिराम चौधरी र १६ मा रामलाल चौधरी विजयी भएका छन्।