कञ्चनपुरको भीमदत्त नगरपालिकामा कांग्रेस निर्वाचित
2022/05/23, 2:15
 
ss

कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटी १५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेशप्रसाद पन्तले ८ हजार १ सय ४१ मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपमेयरमा कांग्रेसकै निलम जोशी लेखक १२ हजार २ सय १६ मत ल्याएर निर्वाचित भएकीछिन् ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गरेका छन् ।