डडेल्धुरामा माओवादीबाट वडाध्यक्षमा हारेपछि पार्टी सचिवबाट राजीनामा
2022/05/23, 5:55
 
ss

नेकपा ९माओवादी केन्द्र० आलिताल गाउँ कमिटीका सचिव गणेश कामीले राजीनामा दिएका छन्। सोमबार कामीले वडाध्यक्षमा पराजित भएपछि नैतिकताका आधारमा सचिव पद छाडेको जनाएका छन्।

पार्टीले वडा–८ को अध्यक्षको उम्मेदवार भई चुनाव लडेको र पछि पार्टीका जिम्मेवार व्यक्तिहरूले नकारात्मक भूमिका खेलेका वडामा सबै उम्मेदवारहरूको हार भएको कामीले बताएका छन्। ‘म यो पार्टीको सचिव भई काम गरेको र अब उपरान्त मेरो नैतिकताले पनि सो पदमा काम गर्न नमिल्ने भएकाले आजका मितिदेखि सो पदबाट नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गर्दछु।’ उनको राजीनामा पत्रमा उल्लेख छ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा आलिताल–८ को अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर देउवा निर्वाचित भएका थिए। एमालेका रामचन्द्र पुनलाई हराउँदै देउवा प्यानसहित वडाध्यक्ष बनेका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा यो वडा माओवादीले जितेको थियो।