कञ्चनपुरमा ११ वर्षीया बालिकामाथि दुर्व्यवहार, त्यसपछि युवकले गरे आत्महत्या
2022/05/24, 5:50
 
ss

कञ्चनपुरमा एक युवकले बालिकामाथि दुर्व्यवहारपछि आत्महत्या गरेका छन्। मंगलवार भीमदत्त नगरपालिका–२ उल्टाखामका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

उनले छिमेकी ११ वर्षीया बालिकामाथि दुव्र्यवहार गरेपछि आत्महत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए। 

बालिकाको परिवारले भने जबरजस्ती करणीको प्रयास गरेको आशंका गरेको छ। बालिकाका बुवाले युवकले बालिकालाई पसलबाट कोठामा लगेर कुटपिट गरेको आरोप लगाएका छन्। ‘सामान किन्न गएकी छोरलाई पसलबाट हात समातेर जबरजस्ती घरमा लगेर कुटपिट गरिएको छ। कोठा भित्र लगेर आक्रमण भयो। यसमा शंका छ’ उनले भने।   

बालिकाको दुवै आँखा र घाँटीमा चोट लागेको छ। उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ।