धनगढी उपमहानगर र निजी अस्पतालबीच जेष्ठ नागरिकलाई निःशुल्क उपचार सेवा दिने सम्झौता
2022/05/24, 5:52
 
ss

अब कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क ओपीडी सेवा पाउने भएका छन्। मंगलवार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएको हो।

उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा बसेको दुवै पक्षबीचको बैठकले ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान९परीक्षण० र बेड चार्जमा १० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ।

यस्तै उनीहरुलाई औषधिमा समेत ५ प्रतिशत सहुलियन दिने सम्झौता भएको निर्णयमा उल्लेख छ।