कञ्चनपुरमा खैरो हिरोइनसहित ४ जना पक्राउ
2022/05/25, 12:33
 
ss

कञ्चनपुरमा खैरो हिरोइन सहित ४ जना पक्राउ परेका छन्। बुधबार जिल्लाको बेलौरी नगरपालिका-८ कलकत्ताका २३ वर्षीय दिनेश चौधरी, रामदास चौधरी, शुक्लाफाँट नगरपालिका-२ झलारीका २५ वर्षीय सञ्जु सार्की र शुक्लाफाँट-३ का प्रवेश धामीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

दिनेश साइकलमा सवार रहेका र उनको साइकलको सिट कभरमुनि लुकाई राखेको अवस्थाामा १०।७२ ग्राम लागुऔषध खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

त्यस्तै प्रवेशले चलाएको सुपप्र ०२–००३ प ३९९३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।