धनगढीमा रेमण्ड शप सञ्चालनमा आयो
2022/05/26, 2:12
 
ss

धनगढीमा सवा करोड लगानीमा  द रेमण्ड शप सञ्चालनमा आएको छ । मोडर्न तयारी पोशाक र सुटगढी सञ्चालन गर्दै आएका प्रकाश दर्जीले पहिरन सम्बन्धी आफ्नो व्यवसायमा द रेमण्ड शप थपेका हुन ।

सुटगढी रहेको भवनमा रेमण्ड शप सञ्चालन हुन लागेको हो । बिहीबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सपको उद्घाटन गरे । रेमण्ड सपमा आइएसओ सर्टिफाइड रेमण्ड ब्राण्डको कपडामात्रै राखिने द रेमण्ड शपका सञ्चालक प्रकाश दर्जीले बताए । रेमण्ड विश्वमै लोकप्रिय भारतको कम्पनी हो ।

सो उद्योगले उत्पादन गर्ने कपडा प्रतिमिटर चार सय रुपैयाँ भारुदेखि लिएर तीन लाख भारुसम्म पर्ने गरेको जनाइएको छ । धनगढीमा प्रतिमिटर एक हजार छ/सात सयदेखि १०/११ हजार रुपैयाँ रेमण्डको कपडा राखिएको दर्जीले बताए ।

रेमण्डको फेबरिक धनगढीको लागि एकदम नयाँ रहेको उनले जनाए । धनगढीमा रेमण्ड शप नेपालकै तेस्रो वा चौथो रहेको बताए । धनगढीको रेमण्ड शपमा २५/२६ जनाले रोजगारी पाउने जनाइएको छ ।

मोडर्न तयारी पोशाक २०५१ सालमा कञ्चनपुरको महेन्द्रनगरबाट सुरु भएको थियो । दुई मेशिनबाट सुरु भएको सो पसल फष्टाउँदै २०६४ बाट धनगढीमा आफ्नो सेवा सुरु गरेको थियो । ग्राहकको चाहनालाई मध्यनजर गरेर २०६९ बाट सुटगढीसमेत सञ्चालन गर्दै आएको छ ।