गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै थालियो आन्दोलन
2022/05/26, 2:18
 
ss

पूर्वाधार तयार भएको कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सुदूरपश्चिमवासी आन्दोलित भएका छन्। कैलालीको अत्तरिया र धनगढीमा मेडिकल कलेज सञ्चालनका लागि दबाब दिँदै स्थानीय आन्दोलित भएका हुन्। 

नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको र तत्काल सञ्चालनका लागि नागरिक दबाब समूह धनगढीले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ। 

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार धनगढीमा हस्ताक्षर संकलन र धर्ना थालिएको छ। यस्तै जेठ १२ गते दिउसो १ बजे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, ४ बजे एलएन चोकमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय भएको छ।

जेठ १३ गते बिहान ८ बजे गेटा मेडिकल कलेजमा सांकेतिक विरोध स्वरुप नागरिक स्तरबाट स्वास्थ्य सेवा परीक्षण गर्ने कार्यक्रम रहेको दबाब समूहले जनाएको छ।