
बैतडीको पाटन नगरपालिकाले सुर्नया नदीबाट जथाभावी रुपमा भइरहेको ढुंगा, बालुवा र गिट्टी उत्खनन् कार्यमा रोक लगाएको छ। नगर कार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भइरहेको प्राकृतिक श्रोतको दोहन रोक्न उक्त निर्णय गरेको हो।

नगरपालिका क्षेत्रभित्रको नदी किनारबाट जथाभावी ढुंगा, बालुवा र गिट्टी उत्खनन् गर्ने कार्य भइरहेकाले त्यो कार्य रोक लगाइएको नगरप्रमुख गौरीसिंह रावलले बताए।
नगरपालिकाले नदीजन्य बस्तु उत्खनन् गर्दा निश्चित मापदण्ड बनाउने र त्यसपछि मात्रै ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य गर्ने जनाएको छ। नगरपालिकाले ठेक्का प्रणालीमार्फत निश्चित मापदण्डका आधारमा नदीजन्य पदार्थ उत्खनन् गर्न दिनेछ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55