आँखाको ज्योति गुमाएकी कल्पनालाई आर्थिक सहयोग
2020/06/22, 7:54
 
help

आँखाको ज्योति गुमाएर अशक्त बनेकी दिपायल सिलगडी नगरपालिका वडा न.८ दाङ कठना डोटीकी कल्पना ढोलीलाई सुदूरपश्चिमेलि समाज मलेसिया मलक्का क्षेत्रीय कमिटीले आर्थिक सहयोग गरेको छ।सोमबार अत्तरीयामा पीडित महिलाकै उपस्थितिमा खबरपात मिडिया पब्लिकेसन्सका प्रधान सम्पादक जनक रसिक ,मस्टाधाम विकास समितका अध्यक्ष गणेश जिमि साउँद र मस्टाधाम कै कोषाध्यक्ष भरत जिमि साउँदले संस्थाले उपलब्ध गराएको नगद नेपाली रु.२५,५६०/- पीडित महिला र उनका बुवालाई सयुक्त रूपमा रकम हस्तान्तरण गरेका हुन् ।

पछिल्लो समय सामाजिक क्षेत्रमा सकृय सुदूरपश्चिमेलि समाज मलेसिया मलक्का क्षेत्रीय कमिटिका अध्यक्ष सामाजिक व्यक्तित्व पदम राज जोशीको पहलमा सुदूरपश्चिमको विभिन्न जिल्लाबाट कामको सिलसिलामा मलेसिया पुगेका ३० जनाले आफ्नो मासिक तलबबाट थोरै थोरै बचाएर २५,५६०/- जम्मा गरी सहयोग गरेको समाजले जानकारी गराएको छ।

आर्थिक अभावमा उपचार नपाएर छट्पटी रहेका ३ जना सुदूरपश्चिमेलिलाई संस्थाले यो भन्दा अगाडि पनि आर्थिक सहयोग गरिसकेको छ। सहयोग पाउनेहरुमा डडेल्धुरा आलितालका क्यान्सर पीडित स्वर्गीय कृकेटर केशब सिंह,घाँस दाउरा गर्ने बेला भिरबाट लडेर खुट्टा भाचिएकि डोटि जिल्ला के.आई.सिंह गाउपालिका वडा न. ६ फलेडी बस्ने गोपाल नेपालीकी श्रीमती अमृता नेपाली र जिब्रोमा क्यान्सर भै समस्यामा परेका कचनपुर जिल्ला बेदकोट नगरपालिका वडा नम्बर .४ बैतडा बस्ने दौलत बहादुर थापालाई सुदूरपश्चिमेलि समाज मलेसिया मलक्का क्षेत्रीय कमिटिले आर्थिक सहयोग गरिसकेको छ।

सहयोग बुझेपछि पीडित महिला कल्पना ढोलीले आफुलाई सुदूरपश्चिमेलि समाज मलेसिया मलक्का क्षेत्रीय कमिटिले ठूलो गुन लगाएको र यो गुन कहिल्यै तिर्न नस्क्ने बताइन् । गाउँमा निर्माणाधीन खानेपानीको पाइप विस्तार गर्ने बेलामा आँखामा गम्भीर चोट लागेर एउटा आँखाको ज्योति गुम्दा आर्थिक अभावका कारण उपचार गर्न नसकेर तड्पिरहँदा मस्टाधाम विकास समितिका अध्यक्ष गणेश जिमि साउँदको पहलमा पहिलो चरणको अप्रेसन सफल भएको र पुर्ण रुपमा ज्योति फर्काउन पुनः अप्रेसन गर्नुपर्ने र अप्रेसनका लागि आर्थिक अभाव हुँदा अप्रेसन गर्न नसकिएको पीडित महिलाले बताइन् ।