
डडेल्धुराको आलिताल गाउँपालिकामा आगलागी भएको छ। गाउँपालिकाको प्रशासनिक फाँटमा आगलागी भएको हो।

पालिकाको प्रशासन कक्षमा आगलागी भएको र बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजात जलेका आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले बताए।
बाहिर राखिएको सूचना पार्टीमा पनि आगो लगेको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले बिहान करिब ४ बजेतिर आगलागी भएको बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19