
बैतडीमा चितुवाले आतङ्क मच्चाउन थालेको छ। सुर्नया गाउँपालिका-८ को मल्लोढोलेमा चितुवाले आतङ्क मच्चाउन थालेको स्थानीयले बताएका हुन्।

रातिको समयमा चितुवा बथानसहित गाउँ पसेर आतङ्क मच्चाएको स्थानीय तेजन बोहराले बताए। बिहीबार राति चारपाँच ओटा चितुवा समूहमा आएका र गोठबाटै एक जनाको खसी लगेको बोहराले बताए। चितुवाबाट घरपालुवा जनावर जोगाउन रातिको समयमा पहरा दिनुपर्ने अवस्था आएको बोहराले बताए।
जंगलबाट चितुवा गाउँमा पसेपछि स्थानीयहरु त्रसित बनेका छन्। वासस्थान नष्ट हुँदै गएपछि चितुवा मानवबस्तीमा पस्न थालेका विज्ञहरुको भनाइ छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28