जिल्ला समन्वय समिति डडेल्धुराको संयोजकमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् । संयोजकका लागि भण्डारीकोमात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको मुख्य निर्वाच अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्ला समन्वय समितिको संयोजकमा निर्विरोध भएका भण्डारी नेपाली काङ्ग्रेसका नगर उपसभापति हुन ।
उनी, अमरगढी नगरपालिका–७ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । उपप्रमुखमा पनि कांग्रेसकै अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएकी छन् । उनी आलिताल–७ बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । जिसस समितिका लागि शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यायले जानकारी दिए ।
यसैगरी, जिसस सदस्यमा लीलाकुमारी धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू पनि निविरोध चयन भएका छन् । उम्मेदवारहरू निर्विरोध चयन भए पनि औपचारिक घोषणा भने २२ गते हुने मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ ।