कैलालीमा बाघको आक्रमणबाट एक महिला घाइते 
2022/06/06, 12:29
 
ss

कैलालीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। जिल्लाको घोडाघोडी नगरपलिका-८ लठुवाकी ५४ वर्षीया बिस्ना बोहरा बाघको आक्रमणबाट घाइते भएकी हुन्।

सोमबार बिहान लठुवा सामुदायिक वनमा घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बाघ जङ्गलतर्फ भागेको र बोहराको घोडाघोडी अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।