
कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। मोहन्याल गाउँपालिका-७ बडिगाँउका १८ वर्षीय भावेश थापालाई ४६० मिलिग्राम खैरो हिरोईन सहित पक्राउ गरिएको प्रहरीले बताएको छ।

उनलाई लम्कीचुहा नगरपालिका-३ चिसापानी स्थित कर्णाली पुलमुनिबाट पक्राउ गरिएको बताइएको छ। उनको साथबाट हरियो रंगको प्लाष्टिकभित्र रहेको १७ थान पोका खैरो हिरोईन बरामद गरी थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लम्कीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28