अछाम घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सभामुखको निर्देशन
2022/06/08, 12:09

सभामुख अग्निप्रसाद सापकोटाले अछामका एक किशोरको मृत्यु प्रकरणको घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन्।

अछाम क्षेत्र नम्बर २ का नेकपा एमालेका सांसद यज्ञ बोगटीले घटना भएर शव भेटिएको ९ दिन बितिसक्दा पनि अहिलेसम्म जाहेरीसमेत दर्ता नभएको भन्दै आपत्ति प्रकट गरेका छन्। उनले घटनाका दोषीलाई कारबाही गर्न माग गरेपछि सभामुखले रुलिङ गर्दै तत्काल दोषीमाथी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन गरेका हुन्।
हिजोको बैठकमा पनि सांसद बोगटी र एमाले सांसद भीम रावलले पनि घटनाको विषयमा सदनमा जानकारी दिन सरकारको ध्यानाकर्षण गराएका थिए। गृहमन्त्रीले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने भनेका थिए। तर, आज पनि त्यहाँ जाहेरी दर्ता भएको छैन। मृतकको शव घटनास्थलमै रहेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28