
दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।
डढेको अवस्थामा खडायतको शव मंगलबार राति नै फेला परेको र आफूहरुले प्रहरीलाई खबर गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।

महिलाका श्रीमानको ७–८ वर्ष पहिले निधन भएको थियो । मृतकका २ छोरी र १ छोरा छन् । अनुसन्धानको लागि प्रहरीले गाउँकै बीरेन्द्र खडायत र तुला खडायतलाई पक्रेको विष्टले बताए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 3:38
2020/09/15, 3:48
2022/04/27, 2:11
2022/08/04, 11:28