सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
2022/06/10, 11:50
 
ss

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन ।

दशौं अधिवेशनको नवौं बैठकमा निर्णयार्थ पेश भएको नीति तथा कार्यक्रमलाई सभामुख थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् । यसअघि भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा भएका बुँदाहरु बजेटमा समावेश हुनुपर्ने सुझाव दिएका थिए ।

सभाको छलफलमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहरा, एकीकृत समाजवादी पार्टीकी अर्चना गहतराज, एमालेका बलदेव रेग्मी, गेल्बुसिंह बोहरा र रतनबहादुर थापाले भाग लिएको थिए । उनीहरुले प्राथमिकता एकातिर हुने र नीति तथा कार्यक्रम र बजेट अर्कै हुने गरेको गुनासो गरेका थिए ।